काठमाडौँ, २ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
उनका भान्जा सुरज भट्टराईका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हो ।
अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।










प्रतिक्रिया दिनुहोस्