काठमाडौँ, ३ मंसिर । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा ३३ हजार ३१० विदेशी पर्यटक भित्रिएका छन् ।
जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६७८ र अन्य मुलुकका २१ हजार ६३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
एक्यापका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार ४४२ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ ।
प्रतिक्रिया दिनुहोस्