राजनीति

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग



काठमाडौँ, ३ मंसिर । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । 

मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त पेस गर्न आह्वान गरेको छ । इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।