काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको विरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षड्यन्त्र भन्दै टिप्पणी गरेका छन् ।
दुर्गा प्रसाईंले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेको प्रचारलाई लक्षित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् विरोध गरेका हुन् ।
उनले लेखेका छन्, ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’
पोखरेलले यस्तो षड्यन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य रहेको उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्