राजनीति

उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति



काठमाडौँ, ४ मंसिर । यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्नका लागि नौ संस्थाले अनुमति पाएका छन् ।

पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नेमा नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस छन् ।

त्यस्तै सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्रले पनि पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।

निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचन पर्यवेक्षकबारे जानकारी दिएको हो ।