अर्थ

३ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स



काठमाडौँ, ४ मंसिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । 

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् । तथ्याङ्क अनुसार असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६५४ छ ।