राजनीति

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा ‘ब्रेक थ्रु’ भएको छ : प्रदीप ज्ञवाली



काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषयमा १८ वर्षसम्म टुंग्याउन नसक्नु दुःखको कुरा भएको बताएका छन् ।

आज त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व र विकास विभागले कमलादीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले दुःख व्यक्त गरेका हुन् ।  

उनले भने, ‘द्वन्द्वको बेला धेरै मान्छेहरूमाथि ज्याजति भएका छन् । मारिएका छन् । उनीहरूले न्याय पाउन यति धेरै ढिलो हुनुहुँदैनथ्यो । यद्यपि धेरै ढिलो भएपनि संक्रमणकालीन न्यायको सन्दर्भमा अहिले एउटा मेजेर ब्रेक थ्रु भएको छ । संसदबाट बेपत्ता छानबिन तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पास गरेको छ । यो सकारात्मक पक्ष हो ।’

सशस्त्र द्वन्द्वलाई सफलतापूर्वक सम्पन्न गर्न लडाकु व्यवस्थापन गर्ने विषय निकै जटिल रहेको भएपनि माओवादी नेतृत्वको कारण सफल भएको उनले बताए ।