काठमाडौँ, ५ मंसिर । बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन् । अदालत परिसरमा उनले विष सेवन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ । आज पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने-सामुने भएकी थिइन् ।
प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो । उनलाई उपचारका निम्ति पाटनस्थित अल्का अस्पताल लगिएको थियो । सँगै रहेकी न्यायाधीश भुवन गिरी पत्नी आरतीले अस्पतालमा नाम टिपाउने क्रममा उनी रश्मिता धामी भएको पहिचान खुलेको थियो ।
प्रतिक्रिया दिनुहोस्