जुम्ला, ५ मंसिर । जुम्लाको तिलागाउँपालिका साक्षरता पालिका घोषणा भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिजो भएको कार्यक्रममा साक्षरता घोषणा गर्नुभएको हो । तिला गाउँपालिकाले सबै वडामा गरिएको सर्भे र कार्यक्रमको आधारमा ९५ दशमलव ४ प्रतिशत व्यक्ति साक्षर रहेका छन् ।
गाउँपालिको शिक्षा शाखाका प्रमुख झनमाया खत्रीका अनुसार १४ हजार पाँच सय ३९ जनसङ्ख्यामा १५ देखि ६० वर्ष उमेर समूहका आठ सय ६७ जना निरक्षर रहेकोमा आठ सय २७ जना साक्षरताका कार्यक्रमबाट साक्षर भएका छन् ।
यसअघि जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका साक्षरता घोषणा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्