काठमाडौँ, ५ मंसिर । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ चार महिनामा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।
बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो । महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।
कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेटमध्ये ढलरहित नदीनालाको ३ अर्ब ८० करोड थप ३० स्वर्णिम योजनालाई २ अर्बको बजेट घोषणा भएको थियो । महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजारमध्ये ११ करोड २० लाख ७० हजार खर्च गरेको छ । जुन १५.२८ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्