राजनीति

आयोगद्वारा कीर्तिपुरका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान



काठमाडौँ, ६ मंसिर । देशभरका रिक्त ४४ स्थानीय तहमा आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जना उम्मेदवार बनेका छन् ।

स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले केटा र केटी, रामकृष्ण महर्जन जेब्रा, मिम महर्जनले क्यामेरा, प्रेमबहादुर महर्जनले व्याडमिन्टन कर्क, नवरथ कुमार बानियाँले इस्टकोट चुनाव चिन्ह पाएका छन् ।