राजनीति

ग्रेटर नेपालका फणिन्द्र नेपाल पक्राउ



काठमाडौँ, ६ मंसिर । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आज नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।