राजनीति

जागरण सभा गर्दै एमाले



काठमाडौँ, ७ मंसिर ।  सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज जागरण सभाको गर्ने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर  जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा  जागरण सभा आयोजना गर्न लागिएको हो । 

एमाले विधिको शासनमा  र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् । जनप्रदर्शनमा एमालेका जनवर्गीय सङ्गठनहरू युवा सङ्घ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसङ्गठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। 

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसङ्गठन र सम्पर्क मञ्च परिचालन गरेको  छ  ।