काठमाडौँ, ७ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।
सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरे । उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’
नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्