अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ७ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६५ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।