काठमाडौँ, १० मंसिर । मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा डेंगु प्रभावित हुनेको संख्या न्यून देखिएको छ ।
कर्णाली प्रदेशबाहेक अन्य पाँच वटा प्रदेशमा १३ सयभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएका छन् भने मधेसमा ५७० जनामात्रै डेंगु सङ्क्रमित छन् ।
कर्णालीका ३४७ जना डेंगुबाट प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्याङ्क छ । कर्णाली प्रदेशमा चिसो हुने क्षेत्र भएकाले यहाँ ३४७ जनामात्रै डेंगु प्रभावित भएका हुन् । तर तुलनात्मक रूपमा बढी गर्मी हुने मधेस प्रदेशमा समेत डेंगु सङ्क्रमितको संख्या कम देखिनु जनचासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्