काठमाडौँ, १० मंसिर । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५१ हजार ३ सयमा कारोबार भएको छ ।
महासंघका अध्यक्ष अर्जुन रसायलीका अनुसार सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।










प्रतिक्रिया दिनुहोस्