राजनीति

काठमाडौँ महानगरपालिकाले १६ दिने अभियान अन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने



काठमाडौँ, १० मंसिर । काठमाडौँ महानगरपालिकाले यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने भएको छ ।

राज्यले कुनै सहयोग नगर्ने र १६ दिनसम्म मात्र अभियान चलाउँदै उपलब्धि नहुने भन्दै यस वर्ष लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कुनै पनि कार्यक्रम नगर्ने महानगरपालिकाले जनाएको छ ।

हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ ।

तर महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले १६ दिन मात्र अभियान चलाउनु देखावटी हुने टिप्पणी गरेका छन् ।