समाचार

ठगी गर्ने दुई जना पक्राउ



काठमाडौँ, १२ मंसिर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौँ नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौँ टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् । 

पक्राउ मध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रुपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाडौँ बाफलबाट सोमबार र मनिषालाई काठमाडौँ नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको हो ।