एजेन्सी, १३ मंसिर । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् ।
इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार बेरुतमा विस्थापितले भरिभराउ सबैभन्दा ठूलो विद्यालय परिसर अहिले खाली जस्तै भएको छ । जो एक खेल मैदानमा खेलिरहेका केही बालबालिका र वरपर बस्ने केही व्यक्तिहरुबाहेक खालीप्राय देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्