काठमाडौँ, १३ मंसिर । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित बुद्धचित्त मालाको दाना टिप्ने विषयमा भएको विवादमा थप एक जना पक्राउ परेका छन् ।
काभ्रेको तेमाल गाउँपालिका घर भएका दुधराज तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी ललितपुरबाट पक्राउ परेका हुन् ।
फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होम बहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होम बहादुर सुनुवारको स्वामित्वमा छ ।










प्रतिक्रिया दिनुहोस्