काठमाडौँ, १४ मंसिर । लगानी बोर्डले ३ वटा जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्डको बैठकले बुढीगण्डकी, जगदुल्ला र चैनपुर सेती जलविद्युत् आयोजनामा उक्त लगानी स्वीकृत गरेको हो । बोर्ड बैठकले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ र २१० मेगावाट क्षमताको चैनपुर सेतीका लागि ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृति गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्