काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकाको वायु गुणस्तर खस्किएको छ ।
युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) आइतबार बिहान ९ः४५ मिनेटको मापन अनुसार काठमाडौँको उपत्यकामा पर्ने ललितपुरस्थित पाटन क्षेत्रको वायु गुणस्तर १७५ एक्यूआई, काठमाडौँ क्षेत्रको १६१ एक्यूआई र भक्तपुरको क्षेत्रमा १५५ एक्यूआई मापन गरिएको छ ।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ ।
यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ । एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ ।










प्रतिक्रिया दिनुहोस्