काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्