समाचार

पुल निर्माणका क्रममा दुर्घटना हुँदा ५ जनाको मृत्यु



काठमाडौँ, १६ मंसिर । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको हो ।

घटनामा दुई जना घाइते समेत भएका छन् । मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र  देवीराम परियारको मृत्यु भएको छ ।