काठमाडौँ, १७ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।
मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै उनले समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै रोग लाग्न नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्याउन गएको साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।
त्यसै अनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २) ८१’स्वीकृत गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्