पर्सा, १७ मंसिर । पर्सामा भारतीय नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार राती साढे ९ बजे भारतीय नम्बरको गाडीको ठक्करबाट घटनास्थलमै एक युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर- १३ सरिसवापुलमा दुईवटा भारतीय नम्बरको गाडीले ठक्कर दिँदा भएको मोटरसाइकल चालक जटाशंकर पटेलको मृत्यु भएको हो । प्रदेश २ -०३-००४ प ५५१४ नम्बरको मोटरसाइकलमा सवार पटेल बहुदरमाइ नगरपालिका वडा नम्बर -९ निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।
राती ड्राइपोर्टतर्फबाट दुईवटा भारतीय गाडी आइरहेको थियो, त्यसैमध्ये एउटा गाडीको ठक्करबाट पटेलको मृत्यु भएको हो । अहिलेसम्म कुन गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ? त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
तर ती दुईवटै गाडीसहित एउटा चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनायो । प्रहरीले ठक्कर दिएको आशङ्कामा एउटा ट्रक र एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्