अर्थ

नेप्से परिसूचक १७ अंकले बढ्यो



काठमाडौँ, १८ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७.८० अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो ।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा पुगेको छ । मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भयो । यो दिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको हो ।

आज बजारमा १४२ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर भएको छ । मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयरको मूल्य बढेको छ भने छ उपसमूहको शेयरको मूल्य भने घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरैले घटेको छ ।