समाचार

आगो निभाउने क्रममा प्रहरीसहित ३ जना घाइते



धनगढी, १९ मंसिर । कैलालीमा गोदाममा लागेको आगो निभाउने क्रममा प्रहरीसहित तीन जना घाइते भएका छन् ।

मंगलबार राति बर्दगोरिया गाउँपालिका-२ बौनियाका द्धारिकाप्रसाद धमलाको चार तले घरको दुई तले घरमा राखिएको कपडा र इलेक्ट्रोनिक सामानको गोदाममा आगलागी भएको थियो ।

गोदाममा लागेको आगो निभाउने क्रममा घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला, सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र बौनियामा कार्यरत प्रहरी जवान टंकध्वज मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मध्ये जोशी र प्रहरी जवान मगरको हात तथा मुखमा जलेको छ । स्थानीय अस्पतालमा उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन् ।