समाचार

गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो गाँजा



काठमाडौँ, १९ मंसिर । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो ।

प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।