काठमाडौँ, १९ मंसिर । चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लङ्घन गर्ने ११ हललाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको छ ।
यी हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभईकन सञ्चालनमा रहेको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको भन्दै बोर्डले पत्र काटेको हो ।
बोर्डले मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र पठएको बोर्डले जानकारी दिएको छ ।
यसअघि बोर्डले एक सूचना जारी गर्दै हलहरूलाई सचेत गराएका थियो । सूचना जारी भएपछि १२ हलले नवीकरण गराएका छन् । तर ११ हलले अटेर गरेको कारण पत्र काटिएको हो ।
प्रतिक्रिया दिनुहोस्