चितवन, १९ मंसिर । चितवनमा डेंगुको सङ्क्रमण घट्दै गएको छ ।
यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेंगुको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस्