समाचार

आजको मौसम



काठमाडौँ, २० मंसिर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।