राजनीति

राष्ट्रपति पौडेल केही दिन अस्पतालमा नै रहने



काठमाडौँ, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमा नै रहने भएका छन् ।

बुधबार राष्ट्रपति पौडेल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई  प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।