काठमाडौँ, २० मंसिर । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ आमन्त्रित सदस्यको रुपमा सहभागी भएका छन् । उनी पहिले पनि माओवादी केन्द्रको बैठकमा सहभागी भएका थिए ।
आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा सहभागी भएका हुन् । यसलाई पासाङ पुनः राजनीतिमा सक्रिय हुने संकेतको रुपमा हेरिएको छ ।
बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्र भए ‘फेरि रातो मान्छे भएर उभिन तयार’ रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्