काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ ।
जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।
भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।
प्रतिक्रिया दिनुहोस्