पाल्पा, २१ मंसिर । पाल्पाका दुई पालिकाले संयुक्त रूपमा आयोजना गरेको सुन्तला महोत्सवका लागि स्थानीय बिदा दिएका छन् ।
भोलि र पर्सि दुई दिन आयोजना हुने सुन्तला महोत्सव सफल पार्न भन्दै पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पर्सि २३ गते आइतवार स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।
दुई गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सुन्तला महोत्सव मूल आयोजक समितिको भेलाले मङ्सिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।
महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सीप र ज्ञानको विकास हुने भएकाले दुई पालिकाको आयोजनामा दोस्रो सुन्तला महोत्सव आयोजना गरेको हो । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा कटौजेपानी खेल मैदानमा महोत्सव सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्