राजनीति

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले जानकारी दिए ।

प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो ।