समाचार

टिपरको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, २३ मंसिर । टिपर गाडीको ठक्करबाट सुनसरीको हरिनगर गाउँपालिका–४ मा साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नम्बरको टिपरले ठक्कर दिँदा देवानगन्ज गाउँपालिका–७ का ४५ वर्षीय झलु उरावको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै शनिबार दिउँसो करिब ३ः३० बजे मृत्यु भएको हो । उक्त घटनापछि स्थानीयले टिपरमा आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।