विश्व

दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ



सोल, २३ मंसिर । दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ परेका छन् । राष्ट्रपति यून सुक–येओललाई मार्शल ल लगाउन सुझव दिएका पूर्व रक्षामन्न्त्री किम योङ–ह्यून आइतबार पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफ्त गरेको छ ।

पक्राउ पर्नुअघि अनुसन्धानकर्ताहरूले किमसँग सोधपुछ गरेका थिए । आइतबार १ः३० बजे तिर किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगेका योन्ह्याप न्यूज एजेन्सीले समाचार छापेको थियो ।  
 
विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै येओलले मंगलबार राति मार्शल ल (सैन्य शासन) लागू गरेका थिए । शनिबार संसदमा येओलविरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् ।