काठमाडौँ, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् ।
दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौँ आएका हुन् ।
काठमाडौँमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ ।
उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्