राजनीति

प्रधानमन्त्री ओली गृहजिल्लामा



झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् ।

गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन बिताउनेछन् ।

प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने छन् ।