Banner News

रवि लामिछानेविरुद्ध चार दिन म्याद थप



काठमाडौँ, २३ मंसिर । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।

लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।