वीरेन्द्रनगर, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
सुर्खेतस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण गुमी बेस क्याम्प गुर्भाकोट सुर्खेतको अनुगमन गर्दै आइतबार लेखकले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रूपले लागिरहेको बताएका हुन् । लेखकले गण छिटो स्थानान्तरणका लागि आफूले गर्नुपर्ने सहयोग गर्ने आश्वासन समेत दिए । गृहमन्त्री लेखक सँगै नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवर पनि सुर्खेत पुगेका छन् ।
गृहमन्त्री लेखकसँगै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री धनश्याम भण्डारी, जलस्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा पनि गुमी पुगेका थिए । गृहमन्त्री लेखकसँग गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन, लेकबेंसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल लगायतका जनप्रतिनिधिले जतिसक्दो छिटो यो गणलाई नेपालगन्जबाट कर्णाली ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा गृहमन्त्री लेखकले सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्