झापा, २४ मंसिर । सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् ।
झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको बताए । उनले जनताको करबाट बनेका ठूला संरचना लामो समय प्रयोगमा नआउँदा बिग्रने भन्दै निर्माण भइसकेका संरचना प्रयोगमा ल्याउनुपर्नेमा पनि बताए ।
धरहरा, दमकको बिजनेस कम्प्लेक्स र बुटवलको सभा हललगायतका विशिष्ट संरचना संचालनका लागि सरकारले विशेष ध्यान दिइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले ती संरचनाले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्