काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ ।
बिहान ९ बजेका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ । बीआरईबारे कांग्रेसभित्र मतभेद रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्