समाचार

पेस्तोलसहित एक युवक पक्राउ



सर्लाही, २४ मंसिर । प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो ।

गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको हो । बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको छ ।

जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढिमाई मेला लागिरहेको छ ।