समाचार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु



काठमाडौँ, २४ मंसिर । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो । 

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।