झापा, २४ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने नेपाल सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आज खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर एवं बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको बेलडाँगी खानेपानी आयोजना दमक झापाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
उनले भने, “सबैमा खानेपानी र सरसफाईको पहुँच पुग्ने गरि कार्य योजना तयार गरिरहेका छौँ,” “सरकारले सन् २०३० सम्म प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन संविधान प्रदत्त मौलिक हक प्राप्ति र दीगो विकासको लक्ष्यसँग गासिएको छ ।”










प्रतिक्रिया दिनुहोस्