काठमाडौँ, २५ मंसिर । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल महिला संघ काठमाडौँले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताए ।
उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएको बताए ।










प्रतिक्रिया दिनुहोस्